कोरोनाका कारण रंगशालामा दर्शकसहितका खेल गतिविधि बैशाख मसान्तसम्म बन्द गर्न मन्त्री परिषद्को निर्णय

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 474 पटक हेरिएको

नेपाल सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित विभिन्न जिल्लामा बढेकाले विशेष सावधानी अपनाउनुका साथै केहि क्षेत्रहरु बन्द गर्न क्याविनेटले निर्णय गरेको छ ।

त्यसमा रंगशालासहित रात्रिकालिन ब्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना रहेका छन । क्याविनेटले बैशाख मसान्तसम्म रंगशालालाई बन्द गर्ने निर्णय गरेको छ ।

अब यस्तो अवस्थामा हाल भइरहेको त्रिकोणात्मक टी २० क्रिकेट सिरिज, र बैशाख ११ गतेबाट हुने नेपाल सुपर लिगमा अब दर्शकले प्रवेश नपाउने भएका छन ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले रंगशालामा दर्शकसहितको खेल गतिविधी बन्द गरिएको हो । दर्शकरहित प्रतियोगिता गर्न पाइने र थ्री नेशन्स कपका बाँकी खेहरु सञ्चालन गर्न बाधा नपुग्ने तर दर्शकको उपस्थिती हुन नपाउने श्रेष्ठले बताए ।

नेपाल सुपर लिगमा पनि अब दर्शक राख्न नपाइने भएको छ । दशरथ रंगशालामा बैशाख ११ बाट सात टिमको सहभागिता रहेको प्रतियोगिता बन्द रंगशालामा नै गर्नुपर्ने भएको छ ।

यो विषयमा नेपाल सुपर लिग आयोजकले आन्तरीक छलफल गरेर निर्णय गर्ने एनएसएल प्रमुख सुदिप शर्माले बताए । सहभागी टिमले अक्सनबाट खेलाडी छनोट गरेर सामुहिक अभ्यास समेत सुरु गरिसकेका छन् ।

अहिले अधिकांश टिमको ध्यान बाहिरबाट राम्रा खेलाडी ल्याउनमा रहेको देखिन्छ । अधिकांश क्लबले छिमेकी भारत हुँदै युरोपबाट विदेशी खेलाडी एनएसएलमा आबद्ध गरेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey