विराटनगरका प्रशिक्षक यान नेपाल पुगे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 561 पटक हेरिएको

आसन्न नेपाल सपुर लिग फुटबलका लागि विराटनगरको प्रशिक्षकमा अनुबन्ध भएका यान ल नेपाल पुगेका छन । उनी आइतबार साँझ नेपाल पुगेको विराटनगर सिटी एफसीले बताएको छ ।

उनलाई विराटनगर एफसीका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । यानले नेपाली क्लवलाई सम्हालेको पहिलो पटक हो ।

तर उनीसँग प्रशिक्षकको राम्रो अनुभव रहेको छ । रञ्जित धिमाल मार्की खेलाडी रहेको विराटनगरले विदेशी प्रशिक्षकका साथै विदेशी खेलाडीलाई पनि फाइनल गरिसकेको छ ।

केहि दिन धरानमा प्रशिक्षण गरेको विराटनगरले बाँकी तयारी भक्तपुरमा रहेको संकटा क्लवको मैदानमा तयारी गर्नेछ ।

नेपाल सुपर लिग बैशाख ११ गतेदेखि जेठ एक गतेसम्म हुनेछ । जसका लागि खेल तालिका पनि सार्वजनिक गरिसकिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey