नेदरल्याण्ड्स मध्यम स्काेर तर्फ अग्रसर, सन्दिपकाे कसिलाे बलिङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 581 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले अहिले नेदरल्याण्ड्ससँग खेलिरहेका छन । जसमा नेपालले नेदरल्याण्ड्सविरुद्ध राम्रो बलिङ गर्न सफल भएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्याण्ड्सको स्कोर ११ रन हुँदा पहिलो विकेट लिन सफल भयो । उसका म्याक्स ओडोडलाई सन्दिप लामिछानेले १० रनमा आउट गरे । त्यसपछि डच टिमको स्कोर १२ रन हुँदा दोस्रो विकेट झर्यो । यसपटक नेपालका लागि सोमपाल कामीले विकेट लिन सफल भए । डच टिमका बेन कुपरलाई सोमपालले खाता खोल्न दिएनन् ।

तेस्रो विकेटका लागि बाड डी लिड र कप्तान पिटर सेलारले ६१ रनको साझेदारी गरेको थिए । तर यो खेलबाट अन्तराष्ट्रिय टी २० क्रिकेटमा डेब्यु गरेका साहब आलमले यो पार्टनरसिपलाई तोड्न सफल भए । जसमा उनले स्कोट इडवार्डलाई ३० रनमा साहब आलमको हातबाट क्याच आउट गराए । जसका कारण नेदरल्याण्ड्सले ७३ रनमा तेस्रो विकेट गुमायो । साहब आलम आफ्नो डेब्यु खेलमा केहि महंगो सावित भए । उनले चार ओभरमा ४५ रन खर्चिएर एक विकेट लिए ।

नेदरल्याण्ड्सको स्कोर ९९ रन हुँदा चौथो विकेट झर्यो । सन्दिप लामिछानेले बास डी लिडलाई ४१ रनमा कुशल भुर्तेलको हातबाट क्यान आउट गराए । सन्दिपले चार ओभरमा २२ रन खर्चिएर दुई विकेट लिए । उनको घरेलु मैदानमा खेलेको यो पहिलो अन्तराष्ट्रिय खेल हो । जसमा उनले कसिलो बलिङ गर्न सफल भए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal