टोकियो ओलम्पिकको अवस्था बुझ्न आइओसीका अध्यक्ष बाखले जापान भ्रमण गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 471 पटक हेरिएको

अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले मे महिनामा जापान भ्रमण गर्ने भएका छन ।

कोभिडका कारण टोकियो ओलम्पिक के हुने भन्ने अझैपनि स्पष्ट धारणा नआइसकेको अवस्थामा बाखले मे महिनामा जापानमा ओलम्पिकको तयारीको निरिक्षण गर्ने भएका छन ।

उनले जापान गएका बेला हिरोसिमामा ओलम्पिक टर्च र्यालीमा सहभागिता जनाउनेछन । त्यसको दोस्रो दिन उनले जापानी प्रधानमन्त्री योसिहिडो सुगासँग भेट गर्ने कार्यक्रम रहेको छ ।

उनले प्रधानमन्त्री सुगासँगको भेटमा सुरक्षित तरिकाले ओलम्पिक आयोजनाका विषयमा छलफल गर्ने बताइएको छ ।

ओलम्पिकको एक सय दिनको गन्ति सुरु भइसकेको अवस्थामा कोभिडका कारण अझैपनि जापानमा १० वटा राज्यमा आंशिक आपतकालिन घोषणा गरेको छ ।

कोरोनाका कारण एक बर्ष स्थगित भएको टोकियो ओलम्पिक जुलाईको अन्तिम साताबाट सुरु हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal