काेपा अमेरीकाेकाे पुरस्कार राशी २५ लाख अमेरीकी डलर बढाइयाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 347 पटक हेरिएको

दक्षिण अमेरीकी फुटबल महासंघले कोपा अमेरीकाको पुरस्कार राशी बढाएको छ ।

कोपा अमेरीकाको आगामी संस्करणबा अहिलेको भन्दा करिव २५ लाख अमेरीकी डलर बृद्धी गरेको छ ।

पछिल्लो पटक कोभिडका कारण यो प्रतियोगिता हुन सकेको थिएन । जसका कारण दक्षिण अमेरिकी फुटबलले प्रतियोगितालाई नयाँ रुप दिनका लागि पुरस्कार राशी बढाएको जनाएको छ । अब यो यो प्रतियोगिताको विजेताले १० मिलियन अमेरीकी डलर पाउने भएका छन ।

यस्तै सबै टिमलाई प्रतियोगिताको तयारी स्वरुप ४० लाख अमेरीकी डलर दिने भएको छ । नियमित तालिका अनुसार प्रतियोगिता भएको भएमा २०२० मा नै अर्जेन्टिना र कोलम्बियामा यो प्रतियोगिता हुने थियो । तर कोभिडका कारण प्रतियोगिता एक बर्ष सरेको थियो ।

अब नयाँ तालिका अनुसार प्रतियोगिता आगामी जुनमा अर्जेन्टिनामा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey