त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 374 पटक हेरिएको

त्रिकोणात्मक टी २० सिरिज आजदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुँदै छ ।

यो सिरिजमा घरेलु टोली नेपालसहित नेदरल्याण्ड र मलेसियाले प्रतिस्पर्धा गर्दै छन् ।

आजको उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड्स आमने सामने हुने छन् । खेल दिउँसो सवा १ बजेदेखि शुरुहुने छ ।

कोरोना महामारीका कारण नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरु स्थगित भएपछि नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक सिरिज आयोजना गरेको हो ।

नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ भने नेदरल्याण्ड्स पिटर सिलारको कप्तानीमा मैदान उत्रने छ ।

यो सिरिज अघि नै नेपाली टिमलाई भने ठूलो धक्का लागेको छ । नेपाली टिमका पूर्व कप्तान तथा उत्कृष्ट खेलाडी पारस खड्का चोटका कारण सिरिजबाट बाहिर भएका छन् ।

डबल राउण्ड रोविन लिगका आधारमा तीन मध्य शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।

नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म टी २० मा आठ पटक भेट हुँदा नेपालले २ पटक मात्रै सफलता हासिल गरेको छ ।

पाँच पटक नेदरल्याण्ड्स नै हावी भएको थियो भने एक खेलको नतिजाविहीन थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey