श्री आदर्श च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 318 पटक हेरिएको

काठमाडौं, बैशाख ३ गते । श्री आदर्श कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ ।

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिता ६ स्वर्ण, २ रजत र १ कांस्य जित्दै २१ अंकसाथ श्री आदर्श समग्रमा च्याम्पियन बनेको हो । २ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ १९ अंक जोडेको हिन्दु विद्यापीठ दोश्रो भयो । क्रिस्टियन कम्युनिटी स्कुल (सीसीएस) र तेज विनायक समान १७ अंकसाथ संयुक्त रुपमा तेश्रो भए ।

तेक्वान्दो र एथलेटिकस समावेश प्रतियोगिताको अन्तिम दिन एथलेटिक्सतर्फ १ सय मिटर दौडको छात्रमा सीसीएसका राज श्रेष्ठ र छात्रामा पाणिनीकी राशिका प्रसाईं, २ सय मिटर दौडको छात्रमा सीसीएसका नवीन सुनार र छात्रामा हिन्दुकी कृष्टिना केसी तथा ४ सय मिटर दौडको छात्रमा सीसीएसका कमल महत र छात्रामा नेपाल राष्ट्रिय माविकी प्रमिला भण्डारीले स्वर्ण जिते ।

मुलपानीमा भएको एथलेटिक्समा विद्या विकासका विक्रम खड्काले दोहोरो स्वर्ण जिते । उनले छात्र ८ सय र १ हजार ५ सय मिटर दौडमा दोहोरो स्वर्ण चुमेका हुन् । छात्रातर्फ ८ सयमा कान्ति भैरवकी निरु गिरी र १ हजार ५ सयमा आदर्शकी अन्जली दगौराले शीर्ष स्थान हात पारिन् । ४ गुणा १ सय मिटर रिलेको छात्रमा तेज विनायक तथा छात्रामा श्री आर्दश पहिलो भए । तेक्वान्दो बिहीबारै सम्पन्न भइसकेको छ । दुवै खेलमा आ–आफ्नो स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २ हजार, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, आयोजक नगर समितीका अध्यक्ष रामप्रसाद पुडासैनी, समाजसेवी अमरचन्द्र बोहरा, नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, कागेश्वरी नगरपालिकाअन्तर्गत शिक्षा तथा खेलकुद शाखाका प्रमुख गोविन्दप्रसाद शर्मा र शाखा अधिकृत विमल निरौला, प्रतियोगिता संयोजक अशोक खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एथलेटिक्समा विभिन्न १९ विद्यालयका २ सय ११ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोटका रुपमा समेत रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal