आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 763 पटक हेरिएको

इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहीबार राति भएको खेलमा आर्सनलले चेक रिपब्लिकको स्लाभियालाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

अवे म्याचमा फराकिलो जित निकालेको आर्सनलले यसअघि पहिलो लेगमा एक एक गोलको बराबरी खेलेको थियो ।

आर्सनल समग्रमा ५–१ गोल अन्तरको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

Image

आर्सनलको जितमा एलेक्जेन्डर लाकाजेटीले २ गोल गर्दा निकोलस पेपे र बाकियो साकेले एक एक गोल थपेका थिए ।

१८ औं मिनेटमा पेपेले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए ।

२१ औं मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

शुरुदेखिनै आक्रामक खेलेको आर्सनलले २४ औं मिनेटमा तेस्रो गोल गरेको थियो । यो गोल साकेले गरेका थिए ।

पहिलो हाफमा तीन गोल गरेको आर्सनलले दोस्रो हाफमा एक गोल थपेको थियो ।

७७ औं मिनेटमा लाकाजेटीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेपछि आर्सनल फराकिलो जित अन्तरले विजयी भयो ।

Image

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey