बागमती क्लव सिमरा गाेल्डकपकाे क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 650 पटक हेरिएको

बागतमी क्लव सिमरामा जारी जितपुर सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा भरतपुर फुटबल क्लवलाई सडेन डेथमा हराउँदै अन्तिम चारमा स्थान बनायो ।

निर्धारीत ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

त्यसपछि टाइब्रेकरमा पनि खेल बराबरी भएपछि नतिजाको टुंगो टाइब्रेकरमा लागेको थियो । तर खेलको अतिरीक्त समयमा बागमती टीम १० खेलाडीमा झरेको थियो । उसका विपिन मल्ल दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएका थिए ।

क्वाटरफाइनलमा बागमतीले एपीएफ क्लवसँग खेल्नेछ । प्रतियोगितामा भोली विजय युग क्लव हेटौडा र सुदुरपश्चिक ११ विच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey