त्रिकाेणात्मक सिरिज र एनएसएलमा दर्शक राख्न नपाउने !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 781 पटक हेरिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाले अतिप्रभावित १४ जिल्लामा हुने खेलकुद गतिविधीमा सहभागि नहुँनाका लागि नोटिस जारी गरेको छ । जसमा काठमाडौं, भक्तपुर र ललितपुर पनि रहेका छन ।

मन्त्रालयले विज्ञेप्ती जारी गर्दै भिड हुने ठाँउमा सहभागी नहुनका लागि निर्देशन दिएको छ । काठमाडौंमा मात्र अर्को साता दुई वटा खेलकुद गतिविधी हुँदैछन । जसमा शनिबारबाट कीर्तिपुर मैदानमा त्रिकोणात्मक टी २० सिरिज हुँदैछ भने बैशाख ११ गतेबाट रंगशालामा नेपाल सुपर लिग हुँदैछ ।

अब मन्त्रालयले सर्वसाधारणलाई भिड हुने ठाँउमा नजाने भनेपछि दुबै प्रतियोगितामा दर्शकको उपस्थिती नहुने निश्चित जस्तै भएको छ । त्रिकोणात्मक सिरिजमा क्यानले दर्शकका लागि एक सय ५० रुपैयाँ टिकट मुल्य तोकेको छ ।

यस्तै नेपाल सुपर लिगमा पनि दर्शकसहित प्रतियोगिता गर्ने योजना अन्योल बनेको छ ।

सरकारले भिडभाडमा रोक लगाएपनि खेलकुद गतिविधीमा रोक्न भने भनेको छैन । मन्त्रालयले भिडभाड गर्न नहुने जिल्लामा काठमाडौं भक्तपुर, ललितपुर, चितवन, बाँके, कैलाली, दाङर सुर्खेत, बारा, बागलुङ, कास्की, रुपन्देही, पर्सा रहेका छन ।

मन्त्रालयले सबेलाई मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने बुझेर जिम्मेवार बन्न अनुरोध गरेको छ । यसका साथै यी जिल्लाहरुमा भिडभाड नगर्ने भनेको हो ।

मन्त्रालयकाे अपिल यस्ताे छः

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey