‘काेराेना संक्रमण बढेमा टोकियो ओलम्पिक रद्द गर्नुपर्छ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 455 पटक हेरिएको

जापानको टोकियोमा हुने ओलम्पिक आउन एक सय भन्दा कम दिन बाँकी छ । तर अझैपनि जापानमा कोरोनाको संक्रमण प्रभाव कायमै रहेको छ ।

यस्तैमा जापानको सत्तारुढ पार्टीका एक पदाधिकारीले कोरोना उच्चतम विन्दुमा पुगेमा ओलम्पिकलाई रद्द गर्नुपर्ने धारणा राखेका छन ।

शत्तारुढ दलका तोसिहिरो निकेइले यदि कोरोनाको संक्रमणदर निकै बढेको खण्डमा ओलम्पिकलाई रद्द गर्नुको विकल्प नभएको बताए ।

कोरोनाकै कारण खेलकुदको महाकुम्भ मेला एक बर्ष स्थगित भइसकेको छ । अझैपनि प्रतियोगिताका बेला विदेशी दर्शकलाई प्रवेश नगराउने बताइसकेको छ ।

अहिलेपनि जापानमा कोरोनाको संक्रमण कायमै रहेको छ । यस्तैमा टोकियोमा संक्रमणदर बढिरहेको छ । जसका कारण सरकारले नै सुरक्षा सावधानी निकै बढाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey