भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 497 पटक हेरिएको

 भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि सुरु हुने भएको छ ।

चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको आयोजनामा हुने प्रतियोगिताका सबै खेल ‘बेस्ट अफ फाइभ’मा हुने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

यो प्रतियोगितामा नेपाली महिला भलिबलका प्रतिष्ठित क्लबहरू न्यू डायमन्ड, ढोरपाटन र तीन विभागीय टोलीसहित सिन्धुपाल्चोक भलिबल संघको टीम सहभागी रहने आयोजकले बताएको थियो ।

 

भोटेकोशी गाउँपालिकाको दुई नम्बर वडास्थित आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले तीन लाख रूपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

त्यस्तै, दोस्रोले दुई लाख, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ ।प्रतियोगिता ८ गतेदेखि ११ गतेसम्म हुनेछ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey