थमप्रकाशलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 417 पटक हेरिएको

आईकेकेएफका थमप्रकाश खड्काले प्रथम अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा बुधबार स्वर्ण जितेका छन् ।

नेपाल क्योकुसिन कराते संघ आईकेएद्वारा आयोजित प्रतियोगिताको फाइनलमा थमले आईकेए दोलखा डोजोका सुवास थामीलाई पराजित गरे ।
सिनामंगलमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा आईकेए केन्द्र डोजोका कमल पहाडीले आईकेकेएफका प्रज्ज्वल थापा, ३५ केजीमा आईकेए केन्द्र डोजोका सागर थिङले आईकेए कीर्तिपुर डोजोका निरज दुदराज, ४५ केजीमा आईकेए केन्द्रका अनमोल माझीले आईकेकेएफका नवराज थापा र ५० केजीमा आईकेए दोलखाका लाप्साङ शेर्पाले आईकेए केन्द्रका शंकर महतोलाई फाइनलमा हराउदै स्वर्ण जिते ।

महिला खुलामा सिनक्योकुसिन जढीबुटी डोजोकी संगिता सुनुवार पहिलो भइन् । फाइनलमा संगिताले वल्र्ड वे डोजोकी करिश्मा कार्कीलाई पाखा लगाइन् ।

विजेतालाई आयोजकका अध्यक्ष टीका श्रेष्ठ थिङ, प्रतियोगिताका मुख्य जुरी प्रेम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले उद्घाटन गरेका थिए । प्रतियोगितामा ६९ पुरुषले ५ तथा १६ महिलाले १ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey