नेपाल क्रिकेट संघ ‘घुमिफिरी रुम्झाटार’ भने जस्तै !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 581 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको शुक्रबार बसेको कार्यसमितीको बैठकले संघमा बेरुजु भएका ब्यक्ति वा संस्थालाई फर्स्याेट गर्नका लागि ३५ दिनको सार्वजनिक सूचना निकाल्ने निर्णय गरेको छ । तर करिव चार महिना अगाडी पनि क्यानले बोर्ड बैठकमा नै बेरुजु फर्च्याैटका लागि भन्दै एक साताको सूचना जारी गरेको थियो । यो बीचमा कति जनाले आफ्नो हिसावकिताव मिलाए भन्ने क्यानले कुनै जानकारी दिन चाहेको छैन ।

तर फेरी ३५ दिने सूचना निकाल्ने निर्णय गरेको छ । यतिमात्र होइन, बेरुजुकै कारण क्यानको निर्वाचनमा सहभागि हुन नपाएका ब्यक्तिहरुलाई क्यानले अहिले विभिन्न समितिमा ल्याउन थालेको छ । स्रोतका अनुसार अहिले पहिले बेरुजुका कारण क्यानको निर्वाचनमा भाग लिन नपाएका तर अहिले आएका ब्यक्तिहरुको बेरुजु फर्च्याैटको अझै भइनसकेको बताए ।

क्यानको बेरुजुको सूचीमा यसअघि रहेको उत्तम कर्माचार्यलाई क्यानले छनौट समितिमा यसअघि नै ल्याइसकेको छ । अहिले फेरी क्यानले १८ महिना देखि पुरानो मुद्धा लडिरहेका दिवाकर घलेलाई क्रिकेट समितीको उप संयोजकमा ल्याएको छ ।

क्यानको स्रोतका अनुसार अध्यक्ष चतुरबहादुर चन्दको अडानका कारण बेरुजु भएका र कानूनी उपचारमा रहेका ब्यक्तिलाई फेरी पनि क्यानमा ल्याउन लागिएको बताए । यसमा क्यानका पदाधिकारी पुरै गलत भएको समेत उनले बताए ।

यतिमात्र होइन, क्यानले कुनै समय विदेशमा खेलाडी छोडेको आरोप लागेका किरण राणालाई पनि छनौट समितीको सदस्यमा ल्याउन लागिएको बुझिएको छ ।

उनीमाथि खेलाडी जापानमा लगेर भगाउन सहयोग गरेको भन्ने आरोप लागेको थियो । तत्कालिन सदस्यसचिव केशव विष्टको पालामा अध्ययन समिति नै गठन गरेर प्रतिवेदन बुझाइएको थियो । तर त्यो प्रतिवेदन अहिले कुन अवस्थामा कोसँग छ भन्ने कसैलाई एकिन नै छैन ।

यतिमात्र होइन, क्यानका पदाधिकारीले रहित थापालाई सल्लाहकारमा ल्याउने की भन्ने कुरा पनि नगरेका होइनन् । तर त्यसमा भने सहमति नजुटेको होकी भन्ने भान भएको छ ।

अझैपनि नेपाल क्रिकेट संघ क्यान आइसीसीबाट पुर्ण रुपमा फुकुवा हुन सकेको छैन । यस्तैमा अझै क्यानका पदाधिकारी चरणबद्ध रुपमा एकपछि अर्को गरि आलोचित हुने काम गरिरहेका छन ।

यतिबेला क्यान घुमिफिरी रुम्झाटार भने जस्तै हुन थालेको छ । किनकी जुन बेला क्यान निलम्बन हुँदा त्यसमा पदाधिकारी थिए, अहिले त्यहि अवस्थामा पुगेको छ र बारम्बार गलत निर्णय गर्दै आलोचित हुन पछि परेको छैन ।

यतिबेला क्यानका निर्णयहरुमा कार्यसमितीकै पदाधिकारीहरु खुल्ला रुपमा विरोध गर्न थालेका छन । अहिले क्यानले कसरी हुन्छ, आइसीसीबाट पुर्ण रुपमा फुकुवा गरौ भनेर सोच्नुपर्ने बेला हो । तर परिस्थिती ठिक उल्टो हुन थालेको छ । अध्यक्ष चन्दले पनि ठोस निर्णय लिनसक्ने अवस्थामा देखिएका छैनन् । जसको गलत फाइदा क्यानमा भइरहेको छ ।

क्यानको कार्यसमिती आएको करिव डेढ बर्षमा आधा दर्जनजति कामहरुको आलोचना खाइसकेको छ । अब भविष्यमा फेरी क्यानको अवस्था नाजुक बन्दा वा आइसीसीले कुनै कदम चाल्यो भने त्यसको जिम्मेवारी कसले लिन्छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey