रोम र स्यामा पहिलो

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 529 पटक हेरिएको

बागेश्वरीका रोम स्यामा र महेन्द्रकी तनिशा भैल भक्तपुर जिल्ला स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि सञ्चालित छनोट प्रतियोगिताको तेक्वानदोमा आइतबार पहिलो भएका छन् । छात्र ३२–३५ केजीमा रोम र छात्रा २९–३२ केजीमा तनिशा पहिलो भएका हुन् ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ३५–३८ केजीमा लिशाका विजय लामा, ३८–४१ केजीमा पुकार जोशी र एकल पुम्सेमा अक्सफोर्डका वविन्स सतशंकरले स्वर्ण जिते । छात्रा ३२–३५ केजीमा पारागनकी जेनिफर दुवाल, ३५–३८ केजीमा समताकी ईशा राई र एकल पुम्सेमा अक्सफोर्डकी सोनिया तामाङ पहिलो भए ।

उसुको छाङछ्वानतर्फ छात्रमा महेन्द्र शान्तिका लजन सिन्जाली मगर र छात्रामा मेघाकी मनीता कोजु, नान्छ्वानको छात्रमा मनोरमका सुवेश खिउजु र छात्रामा जेसिसकी कसिस गोथे तथा ताइची छ्वानको छात्रमा आदर्श जनप्रेमीका तोवित हाङ राई र छात्रामा जेसिसकी अदिती विर्वलले शीर्ष स्थान हात पारे । तेक्वान्दो र उसुमा पहिलो हुने सबै खेलाडी केन्द्रीय प्रतियोगिताका लागि छनोट भएका छन् ।

प्रतियोगिताअन्तर्गत सोमबार कराते, कबड्डी र टेबलटेनिसको खेल हुने आयोजक समितिका कार्यालय प्रमुख बाबुकाजी (विके) श्रेष्ठले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey