धाेनीलाई १२ लाख जरिवाना

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 643 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आइपीएलमा चेन्नेई सुपर किंग्स टिमका कप्तान महेन्द्रसिंह धोनीलाई जरिवाना लागेको छ ।

दिल्ली विरुद्धको खेलमा स्लो ओभर रेटमा धोनीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।

शनिबार राति भएको खेलमा चेन्नेईले तोकेको समय भन्दा बढि समय लगाएर खेल सकेको थियो । जसका कारण उनले मोटो रकम जरिवाना तिर्नुपर्ने भएको छ ।

आइपीएलको नियम भन्दा बढि समयमा पारी सकेको भन्दै आयोजकले चेन्नेईका कप्तानलाई जरिवाना लगाएको बताएको छ ।

धोनीले खेलका बेला सिटका कारण पहिले ब्याटिङ गर्ने टिमलाई सजिलो नभएको बताएका थिए ।

उनले स्थानीय समय अनुसार साँढे सात बजेबाट हुनुपर्ने खेललाई आठ बजे गरेको खण्डमा उचित हुने र सित हटाउन पनि पर्याप्त समय हुने धारणा राखेका थिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey