दिलिप स्मृतिलाई ४ स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 606 पटक हेरिएको

आयोजक दिलिप स्मृति प्रतिष्ठानले चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ४ स्वर्ण जितेको छ ।

पुरुष ५८ केजीमा शिव श्रेष्ठ र ३० केजीमा किरण तामाङ तथा महिला १९ केजीमा कृपा गौतम र ३० केजीमा रोजिना तामाङले आयोजकलाई स्वर्ण दिलाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगितामा विश्वनिकेतनले २ स्वर्ण जित्यो । महिला ५६ केजीमा मनीषा तामाङ र २७ केजीमा भवानी बुढाथोकीले स्वर्ण जिते । त्यस्तै ढल्कोका रोशन नेपालीले पुरुष ७२ केजी तथा गरिमा महर्जनले महिला ३३ केजीमा स्वर्ण हात पारे । मूलपानीका भिजन तामाङले पुरुष २९ केजीमा स्वर्ण प्राप्त गरे ।

प्रतियोगिताको नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले एक कार्यक्रमबीच उद्घाटन गर्दै नेपाली तेक्वानदोको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख श्याम शेर्पालगायतलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा विभिन्न डोजाङ र स्कुल गरी १९ टिमका १ सय २८ पुरुष र ६२ महिला गरी जम्मा १ सय ९० खेलाडी सहभागी रहेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् । दुईदिने प्रतियोगिताको पुरुषमा ११ र महिलामा ९ गरी २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार र ५÷५ नगद पुरस्कार प्रदान गरिने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey