मिलन लामा च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 421 पटक हेरिएको

मिलन लामा गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामका विजेता बनेका छन्।

बिहीबार सम्पन्न फाइनल खेलमा मिलन र नोभा साकोस ललितपुरका सुदिप तामाङ्गबीचको क्लासिकल खेलमा दुबैले एक एक खेल जितेका थिए। त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुबै खेल जितेर च्याम्पियन बने।

मिलनले यामाहा मोटरसाइकल, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे। उपविजेता सुदिपले नगद ६० हजार हात पारे।

ललितपुरको ताम्रकार भवनमा संचालन भएको प्रतियोगितामा सुन्दर साकोस हेटौंडाका एशियन एमेच्योर चेस च्याम्पियन कृष्ण थापाले गजुरमुखी चेस क्लब राजन सुबेदीलाई टाइब्रेकमा जितेर तेश्रो भए। कृष्णले नगद ३० हजार र राजनले नगद २० हजार पाए।

ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको लिगतर्फ दोलखा चेसका सुमित पन्त ७ अंकका साथ प्रथम भै नगद २५ हजार जित्न सफल भए। त्यसैगरी समान साढे ६ अंक भएपनि प्रोग्रेसिव टाइब्रेकअनुसार गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभण्डारी दोश्रो भै १५ हजार, गजुरमुखीकै प्रकाशचन्द्र नेपाल तेश्रो भई १० हजार, ललितपुरका राजन पुरी चौथौं ८ हजार, सुर्योदय साकोस ललितपुरका सुमन राइ पाँचौं ७ हजार र सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ छैटौं भइ ६ हजार नगद पुरस्कार प्राप्त गरे।

त्यस्तै प्रतियोगितामा समान ६ अंक भएपनि प्रोग्रसिव टाइब्रेक अनुसार माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका फिडेमास्टर क्षितिज भण्डारी, करुणामय साकोस ललितपुरका प्रेमकृष्ण महर्जन, कामना साकोसका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, गोल्डेन गेट कलेजका निकेन कुसाथा, हेटौडा चेस क्लबका सुरवीर लामा, एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका अर्जुन घिमिरे, मुस्कान साकोस ललितपुरका सुशिल चौधरी, काठमाण्डौ चेस क्लबका फिडे ट्रेनर केशव श्रेष्ठ र जनता साकोस ललितपुरका सजिन महर्जन उत्कृष्ठ पन्ध्रौं भए । उनीहरुले जनही नगद ५ हजार पाए।

यस प्रतियोगितामा महिलातर्फ करुणामय साकोस ललितपुरकी विनिता कपाली प्रथम भइन्। उनले नगद १० हजार हात पारिन्। त्यस्तै प्रचलित साकोस ललितपुरकी अनिषा न्यौपाने दोश्रा भै नगद ८ हजार प्राप्त गरिन् भने मिशन युथ क्लब टोखाकी पूर्णिमा गुरुङ्ग तेश्रा भइन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey