पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्याे क्लव लिगकाे उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 409 पटक हेरिएको

नेपाल भलिबल संघको आयोजना भएको राष्ट्रिय क्लव लिग भलिबल प्रतियोगिताको महिला तर्फको उपाधि न्यू डायमण्डले जितेको छ । फाइनलमा विभागिए टिम नेपाल पुलिस क्लवलाई तीन दुईको सेटमा हरायो ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा न्यू डायमण्डले पुलिसलाई २२–२५, २५–११, २५–१९, २१–२५ र १५–११ को सेटमा हरायो ।
न्यू डायमण्डले सुरुवाती सेट गुमाएपनि त्यसपछि लगातार दुई सेट जितेको थियो । तर चौथो सेटमा हारपछि खेल अन्तिम सेटमा पुगेको थियो । जसमा उसले बाजि मार्न सफल भयो ।

पहिला सेट २२–२५ ले गुमाएको न्यू डायमण्डले दोस्रो सेट भने २५–११ ले आफ्नो पक्षमा पार्दै खेल एक एक सेटको अवस्थामा पुर्यायो । यस्तै तेस्रो सेटपनि न्यू डायमण्डले २५–१९ ले जित्यो । चौथो सेटमा २१–२५ ले न्यू डायमण्ड पराजित भएपछि खेल दुई दुई सेटमा पुग्यो । जसका कारण उपाधिको छिनोफोनो अन्तिम सेटमा धकेलियो ।

अन्तिम सेटमा सुरुवातमा पछाडी रहेको न्यू डायमण्डले अन्तिममा उत्कृष्ट खेल खेल्दै १५–११ ले जित्यो ।

उपाधिसँगै न्यू डायमण्डले तीन लाख रुपैयाँ पाएको छ भने उपविजेता पुलिसले एक लाख ५० हजारमा चित्त बुझाएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal