प्रदेश एकले मेयर ११ लाई एक सय २९ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 228 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० क्रिकेटको उपाधि होडबाट बाहिरी सकेको प्रदेश एकले लिगको अन्तिम खेलमा मेयर ११ लाई एक सय २९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको प्रदेश एकले मात्र २० रन हुँदा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ५३ रनमा दोस्रो विकेट खेर फालेको थियो । उसकी ओपनर काजल श्रेष्ठ मात्र आठ रनमा आउट भइन भने कप्तान रुविना क्षेत्रीले २१ रन बनाइन । तर त्यसपछि रोमा थापा र अप्सरी बेगमले तेस्रो विकेटका लागि रनको साझेदारी गरेपछि प्रदेश एकले बलियो लक्ष्य दिन सफल भयो ।

उसका लागि रोमा थापाले अविजीत ६६ रनको योगदान गरिन । उनले ५७ बलमा १० चौका प्रहार गरिन । यस्तै अप्सरीले २६ रन थपिन ।

बलिङमा सन्तोषी चौधरी र सरस्वती कुमारीले एक एक विकेट लिइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey