नेयमार दुई खेलको प्रतिबन्धमा

0

पेरीस सेन्ट जर्मेनका स्ट्राइकर नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको छ ।

आइतबार लिग वन अन्तर्गत लिलविरुद्धको खेलमा रातो कार्ड पाएका नेयमारलाई सो लिगका थप दुई खेल खेल्न नपाउने भएका छन ।

खेलका बेला लिलका टियागो डियालोलाई धक्का दिएपछि नेयमार दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएका थिए ।

प्रतिउत्तरमा नेयमारलाई पनि धकेलेका डियालोलेपनि रातो कार्ड पाएका थिए ।

दुई खेलको प्रतिबन्धमा परेका नेयमारले शनिबार हुने स्र्टासबर्ग र अप्रिल १८ मा सेन्ट एटियनविरुद्धको खेल गुमाउने भएका छन ।

यो सिजनमा नेयमार दोस्रो पटक रातो कार्ड पाएका हुन ।

Post Add 1025X115
Loading...