रोनाल्डो र डिबालाको गोलमा युभेन्टसको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 247 पटक हेरिएको

सिरी ए को साविक विजेता युभेन्टसले गएराति भएको खेलमा नापोलीलाई दुई एकले हराएको छ । यो जितपछि युभेन्टस लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जित मा पाउलो डिबाला र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।

खेलको १३ औं मिनेटमा नै चिसाको पासमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाए । यो सिजनको उपाधिको होडमा कमजोर देखिएको युभेन्टसले पहिलो हाफमा सोहि गोलका कारण एक शुन्यको अग्रता बनायो ।

७३ औं मिनेटमा घरेलु टिम युभेन्टसले अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि डिबालाले गोल गर्न सफल भए । तर खेलको ९० औं मिनेटमा नापोलीले पेनाल्टी पायो । जससलाई इन्सिग्नीले गोल गर्दै अन्तर कम गरेका थिए । तर त्यसपछि उसले खेलमा फर्कन सकेन र युभेन्टसले तीन अंक हासिल गर्यो ।

यो जितपछि युभेन्टसले २९ खेलमा ५९ अंक बनाएको छ । नापोलीको समान खेलबाट ५६ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal