इन्टरकाे उपाधि यात्रा झन बलियाे बन्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 229 पटक हेरिएको

इटालीयन सिरी ए मा शिर्ष स्थानका इन्टर मिलानले सासुलोलाई दुई एकले हराउँदै आफ्नो अग्रतालाई ११ अंकमा पुर्याएको छ ।

घरेलु मैदानमा भएको खेलमा इन्टरले लगातार जितको श्रृखंला कायम राख्यो । यो सिजनमा उपाधिको यात्रालाई बलियो बनाउँदै लगेको इन्टरले बुधबार रातिको जितपछि दोस्रो स्थानको एसी मिलानसँगको दुरी ११ अंकमा पुर्याएको हो ।

खेलको १० औं मिनेटमा नै एस्ले योङको पासमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई एक शुन्यले अगाडी राखे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको इन्टरले दोस्रो हाफमा थप एक गोल गर्यो । यसपटक लुकाकुको पासमा मार्टिनेजले गोल गर्न सफल भए ।

दुई गोलले पछि परेको पाहुना टिमले ८५ औं मिनेटमा एक गोल फर्काएको थियो । उसका लागि ट्राओरीले गोल गर्न सफल भए । तर त्यो गोल उसका लागि हारबाट बचाउन पर्याप्त बनेन । जसका कारण इन्टरले अर्को तीन अंक जोड्न सफल भयो ।

यो जितपछि इन्टरले २९ खेलमा ७१ अंक बनाएको छ । दोस्रो स्स्थानको एसी मिलानको ६० अंक छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey