गाैतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा खेलाडीकाे एकमत

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 633 पटक हेरिएको

धुर्मस सुन्तली फाउन्डेसनको पहलमा जनस्तरबाट चितवन भरतपुर नगरपालिकामा निर्माणाधिन बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि खेलाडी एकजुट हुने भएका छन ।

रंगशाला निर्माणको सुरुवातका चरणबाट नै फाउन्डेसनलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अभियानमा जोडिएको र मुख्य रंगशाला क्रिकेटकै भएपनि अन्य थुप्रै खेलका संरचना त्यहाँ बनिरहेको उनीहरूककाे भनाइ छ । देशलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने खेलाडी तयार पार्ने र खेल्ने त्यो पवित्र स्थल निर्माणमा देश विदेशमा रहेका नेपालीहरुको सहयोग रहदै आएको उनीहरूकाे बुझाइ छ ।

फाउन्डेसनले ठूलो हिम्मतका साथ असम्भव झै लाग्ने अभियानको नेतृत्व गर्दा त्यस महान अभियानमा साथ दिनु हाम्रो परम कर्तव्य भएकाे खेलाडीकाे धारणा छ । क्रियासिल खेलाडी र नयाँ पुस्ताले निर्माण हुने त्यो संरचनाको उपयोग गरी आफ्नो प्रतिभालाई अझै निखार्ने उनीहरूकाे बुझाइ छ ।

यो महान अभियानमा हरेक नेपाली जोडिनु पर्दछ । यसरी जनस्तरमा बन्ने त्यो रंगशाला देशवासीका लागि शानको विषय हो भन्ने ठम्माई भएकाे बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीसहित देशका क्रियासिल महत्वपूर्ण पार्टीका शीर्षस्थ नेताहरुको उपस्थितिमा रंगशाला निर्माणका लागि जग्गा हस्तान्तरण भएको केहि समयबाटै रंगशाला निर्माणको कार्य सुरु भएको थियो । त्यसअर्थ यसमा सबैले अपनत्व महसुस गरेको हामीले पाएका छौं ।

यस महान अभियानमा जोडिन पाउँदा हामी खेलाडीलाई गर्व महसुस हुन्छ । कला क्षेत्रमा स्थापित सीताराम कट्टेल र कुञ्जना घिमिरे ९सुन्तली० ले खेलकुद क्षेत्रका लागि रंगशाला निर्माणको सपना अब हामी सबै खेलाडीको सपना बनिसकेको छ । त्यसर्थ त्यो रंगशाला खेलाडीहरुको मन्दिर हो । यसरी निर्माण भएको खेलाडीको मन्दिर निर्माणमा हामी खेलाडी सधै साथमा रहन्छौं । त्यो संरचना अहिले फाउन्डेसनको पहलमा निर्माण हुँदैछ । भविष्यमा त्यो सबै संरचना खेलकुदको र देशकै संरचना हुनेछ ।

यो कुनै व्यक्ति विशेषका लागि नभई देशको शान राख्ने खेलाडीका लागि तयार हुने संरचना हो । त्यसका लागि हामी देश विदेशमा रहनु भएका नेपालीलाई निरन्तर साथ र सहयोगका लागि संयुक्त रुपमा अव्हान गर्दछौं । यो अभियानमा संलग्न हुने सबैलाई नेपाली खेलाडीले सदा स्मरण गर्नेछन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि यो अभियानमा एय्कबद्धता व्यक्त गर्दछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey