स्वस्तिश्री गुरुकुलकाे हिटिङ सिस्टमकाे पाैडी पाेखरी उद्घाटन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 497 पटक हेरिएको

स्वस्तिश्री गुरुकुल विद्यालयले निर्माण गरेको हिटीङ सिस्टमसहित इन्डोर पौडी पोखरीको उद्घाटन भएकाे छ ।

शनिबार स्वस्तिश्री गुरुकुलले औपचारिक रुपमा हिटीङ सिस्टमसहितको पौडी पोखरीको उद्घाटन गरेको हो । जसलाइ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले पौडी उद्घाटन गरे ।

विद्यालय हातामा पौडी पोखरी बाहेक फुटसल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, स्केटिङ, कराते, जिम हलका संरचना पनि रहेको छ ।

अध्यक्ष चित्रकारले विद्यालयमा रहेका खेलकुदका संरचनालाई सरोकारवालालाई आवश्यक परेको खण्डमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

सेप्टेम्बरमा सर्बियामा हुने आईएसएफ यु–१५ वल्र्ड स्कुल स्पोर्ट गेम्स र अक्टोबरमा चीनमा हुने १८ औं आईएसएफ जिम्नासाइडमा स्वस्तिश्रीका विद्यार्थीले पनि भाग लिने जानकारी गराइयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey