दाेस्राे अभ्यास खेल पनि नेपालले जित्याे, सन्दिपले लिए ५ विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 171 पटक हेरिएको

माघ १७ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको तयारीका लागि बैदेशिक प्रशिक्षणमा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा नेपालले युएई ए टिमलाई १९३ रनले हरायो ।

युएइको ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३३३ रन बनाएको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले उत्कृष्ट १५४ रनको पारी खेले । पहिलो खेलमा २५ रनको जित निकालेको नेपालका ज्ञानेन्द्र मल्ल र दिलिप नाथले पहिलो विकेटका लागि एक सय ४२ रनको साझेदारी गरे ।

दिपिल ६४ रनमा आउट हुँदा अनिलकुमार शाह १४ रन जोडे । यस्तै दिपेन्द्रसिंह ऐरी ३४ रन बनाउदा आरिफ शेखले ४१ रनको योगदान गरे ।

जवाफमा युएई ए टिम ४०‍.२ ओभरमा १४० रनमा अलआउट भयो ।

युएर्इ ए काे पारी ध्वस्त पार्न नेपालका सन्दिप लामीछानेले पाँच विकेट लिए ।

उसका लागि मोहम्मद कसिमले सर्वाधिक ४१ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal