नेपालकाे सर्वाधिक पुरस्कार राशीकाे चेस भाेलीबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 503 पटक हेरिएको

ललितपुर स्पोर्टस क्लव र ताम्रकार समाजको आयोजनामा यहि भोली (शुक्रबार) बाट गणेशमान सिंह स्मृती फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

नेपालको सर्वाधिक पुरस्कार राशी हरेको चेस प्रतियोगिताको विजेताले दुई लाख १९ हजार बराबरको एक थान यामाहा मोटरसाइकल पाउनेछन भने उपविजेताले ६० जहार र तेस्रो हुनेले ३० हजार रुपैयाँ पाउनेछन ।

६४ औं सहकारी दिवसको अवसरमा यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सातौं चरणको स्विस लिगबाट सेमिफाइनलमा पुग्ने चार खेलाडीको टुंगो लाग्नेछ । बाँकी खेलाडीले स्वीस लिग अनुसार नवौं चरणसम्म खेल्नुपर्नेछ ।

यो चरणका लागि आयोजकले दुई लाख २६ हजार चार सय रुपैयाँको पुरस्कारको ब्यवस्था गरेको छ । जसका अनुसार लिगको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन ।

यसका साथै विभिन्न विधामा पनि पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगितामा शिर्ष बरियताका खेलाडीसहित कुल एक सय ५० जनाको सहभागिता रहने आयोजकले बताएका छन । प्रतियोगिताको कुल खर्च १५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।

यो प्रतियोगितामा सहभागि हुन उपत्यका बाहिरबाट आउने खेलाडीलाई आयोजकले आवासको ब्यवस्था गरेको छ । महिलामा ३० भन्दा माथिको सहभागिता भयो भने विजेताले ल्यापटप पाउनेछन भने ५० भन्दा माथिको सहभागिता भयो भने एक थान स्कुटल पाउनेछन । तर याे पुरस्कार अर्काे बर्षका लागि तय गरिएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey