पांचौं राष्ट्रिय होराइजन बास्केटवलमा आर्मी च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१७
  • |
  • 832 पटक हेरिएको

धरानमा मंगलबार सम्पन्न पांचौं राष्ट्रिय होराइजन बास्केटवलको उपाधी विभागीय टिम त्रिभुवन आर्मी क्लवले जितेको छ ।

आर्मीले रुपन्देही बास्केटवल संघको टिमलाई ९१–५४ स्कोरको अन्तरले पराजित गर्दै उपाधी कव्जा गरेको हो ।
उपाधीसंगै आर्मीले नगद १ लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेता रुपन्देहीले नगद ५० हजार रुपैयासहित रनर ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

सुनसरीको तरहरा बास्केटवल क्लवलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको विभागीय टिम आर्मीको टिमले धरानको इम्मोर्टललाई पराजित गरेर उपाधीको दावेदार बनेको रुपन्देही माथि सहज जित निकालेको थियो ।

धरान–१७ समाज हङकङ र टर्की नेपाली समाज अंकाराको सहयोगमा सम्पन्न उक्त पाचौं राष्ट्रिय बास्केटवल प्रतियोगिताको फाइनलको प्रत्येक क्वार्टरमा आर्मीर रुपन्देहीले १५–१०, २०–१८, २८–११ र २८–२५ स्कोर जोडेका थिए ।

समापन समारोहमा फाइनलका सेन्ट जोसेफ म्यान अफ द म्याच घोषित हुदै आर्मीका विनोद महर्जनले नगद ३ हजार रुपैया हात पारे । प्रतियोगिताका मस्ट भ्यालुएवल प्लेयर हुदै आर्मीकै रविन खत्रीले नगद १० हजार रुपैया पाए । रुपन्देहीका निकेस मगर हाइस्कोरर घोषित हुदै नगद ५ हजार रुपैया पाए भने आयोजक क्वल होराइजनका विकास घले रुकी प्लेयर (उदियमान खेलाडी) घोषित हुदै नगद ५ हजार रुपैया पाए ।

धरान १७ स्थित श्रीमाविको गोर्खा भूपू सैनिक बास्केटवल कोर्टमा प्रतियोगिता सम्पन्न भएपछि विजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा र आयोजक क्लवका अध्यक्ष बसन्त राईले नगद र ट्रफि वितरण गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey