अल इण्डिया बक्सिङ– नेपाल २ काश्यमा सीमित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 355 पटक हेरिएको

माघ १७, दिल्ली । अल इण्डिया ओपन अन्तराष्ट्रिय बक्सिङमा नेपाल दुई काश्यमा सीमित भएको छ । यसअघि नै सेमिफाइनलमा पुगेर कम्तिमा काश्य निश्चित गरेका विमला श्रेष्ठ र पुनम रावल सेमिफाइनलमा पराजित भएपछि नेपालले दुई काश्यमा चित्त बुझाएको हो ।

बुधबार अपराह्न भएको सेमिफाइनल चरणका खेलमा विमला र पुनम दुवै भारतीय खेलाडीसँग पराजित भएपछि काश्यमा चित्त बुझाए । दुवैको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो भने दुई त्रिभुवन आर्मी क्लवका खेलाडी हुन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा जारी प्रतियोगिता वेन्टम ५४ केजीकी विमला भारतकी मनिषासँग अंकको आधारमा ५–० ले पराजित भइन् । यसअघि विमलाले ताजकिस्तानकी सामिएभा फार्डियालाई आरएससीको आधारमा पराजित गर्दै काश्य पक्का गरेकी थिइन् ।

यस्तै लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनमले भारतकी बसुमाटरी प्विलाओसँग ५–० अंकको आधारमा पराजित भइन् । पुनमले पनि क्वार्टरफाइनलमा ताजकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कास्य पदक पक्का गरेकी थिइन् ।

२३ राष्ट्र सम्मलित प्रतियोगितामा नेपालबाट ६ महिला र ६ पुरुष खेलाडीले सहभागिता जनाएका थिए । पुरुषतर्फ दुई खेलाडीले क्वाटरफाइनल सम्मको यात्रा तय गर्दा चार खेलाडी भने पहिलो चरणबाट बाहिरिएका थिए ।

तस्वीर- निशान रार्इ/एनएसजेएफ

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey