शुक्रले जिते धरान ओपन गल्फको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१३
  • |
  • 329 पटक हेरिएको

स्थानीय ब्यवसायीक गल्फ शुक्र राईले धरान ओपन गल्फको उपाधि जितेका छन । अन्तिम दिन दुई दिनसम्म अग्रता बनाएका भुवन नगरकोटीलाई पछि पार्दै शुक्रले प्रतियोगिताको उपाधि जिते ।

उनले अन्तिम दिन एक अन्डर ६९ स्कोरसहित समग्रमा चार अन्डर दुई सय ६ स्कोरकार्ड खेले । उनले भुवनलाई सात स्ट्रोकले पछि पारे ।

लगातार दुई दिन शिर्ष स्थानमा रहेका भुवनले अन्तिम दिन भने निकै खराव प्रर्दशन गरे । उनले अन्तिम दिन सात ओभर ७७ को स्कोर खेले ।

जसका कारण उनी दोस्रो स्थानमा रहन बाध्य भए । भुवनसँगै बलभद्र राई र कृष्णमान राजवाहक संयुक्त रुपमा दोस्रो स्थानमा रहे । कृष्णमानले अन्तिम दिन तीन अन्डर ६७ को स्कोर खेले ।

उपाधिसँगै शुक्रले ९० हजार रुपैयाँ हात पारे । शूर्य नेपाल सेन्ट्रल ओपन टुर अन्तर्गत धरान ओपन दोस्रो प्रतियोगिता हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey