विन्टर ओलम्पिक, उत्तर र दक्षिण कोरीयाली खेलाडीको संयुक्त अभ्यास

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 178 पटक हेरिएको

आउदो महिना पेङयोङमा हुने विन्टर ओलम्पिकका लागि दक्षिण कोरीया र उत्तर कोरीयाका खेलाडीले संयुक्त रुपमा अभ्यास गर्ने भएका छन ।

उत्तर कोरीयाको मासिक्रायोस्की रिजोर्टमा हुने अभ्यासका लागि दक्षिण कोरीयाका ४५ जनाको टोली त्यसतर्फ प्रस्थान गरेका छन ।

दक्षिण कोरीयाबाट विमान चार्टड गरेर ३० खेलाडी र १५ अफिसियल उत्तर कोरीया लागेका हुन ।

करीव एक साताको प्रशिक्ष्ँणमा दुबै देशका खेलाडीले संयुक्त रुपमा अभ्यास गर्नेछन । फेब्रेवरी नौ तारिखमा दक्षिण र उत्तर कोरीयाका खेलाडी संयुक्त रुपमा पेङयोङ विन्टर ओलम्पिकको पुर्वाधार निरिक्षणका लागि जानेछन ।

राजनितीक विवादका कारण जहिले पनि दुस्मनका रुपमा रहेका यी दुई देशलाई विन्टर ओलम्पिकले एक साथ ल्याएको छ । दुबै देशका खेलाडीले एउटै झण्डा मुनी विन्टर ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन ।

साथै विन्टर ओलम्पिकको पुर्वाधारका लागि उत्तर कोरीयाले पनि आफना पदाधिकारी पठाएको थियो । प्रतियोगिता फेब्रेवरी ९ तारिख देखि सुरु हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey