यू-१६ किशाेर खेलाडीकाे ‘बलियाे नेपाल कप’ क्रिकेट हुने, पहिलाे चरण लुम्बिनी प्रदेशमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 729 पटक हेरिएको

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजना र बलियो नेपालको पोषण अभियानको सहयोगमा बलियो नेपाल कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

अभियानको सुरुवात लुम्बिनी प्रदेशका विभिन्न कार्यक्रमहरुका साथै क्रिकेट प्रतियोगिता गर्न लागिएको हो । जसमा लुम्बिनीका १२ जिल्लाबाट १६ बर्ष मुनिका खेलाडीविच अन्तर जिल्ला क्रिकेट प्रतिस्पर्धा गराइने भएको छ ।

यसको ब्यवस्थापनको जिम्मा क्विन्स इभेन्ट्सले गर्न लागेको हो । उसले १२ वटै जिल्लास्थित क्रिकेट संघ मार्फत खेलाडी छनौट कार्यक्रम सञ्चालन गर्ने भएको छ । छनौट भउका खेलाडीलाई क्रिकेट संघको सिफारिसमा प्रतिस्पर्धामा समावेश गरिनेछ ।

यो प्रतियोगतामा उत्कृष्ट प्रतिभावान महिला र पुरुष खेलाडीलाई आगामी दिनमा क्रिकेटका विभिन्न कार्यक्रममा सहभागि गराइने बताइएको छ ।

प्रतियोगिताको खेलाडी छनौट कार्यक्रम मार्च २५ देखि २८ तारिखसम्म हुनेछ । यस्तै खेलाडी छनौट लुम्बिनीका १२ वटै जिल्लामा हुनेछ ।

अन्तिममा प्रतियोगता अप्रिलको तीन देखि १० तारिखमा दाङको लमहीमा हुने भएको छ ।

बलियो नेपाल पोषण अभियानले नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरुको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरुको माग बृद्धी गर्ने उद्देश्यका साथ स्थापित गैरनाफामुलक संस्था हो । जसको फन्डिङ अमेरीकामा रहेको विल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनले चौधरी फाउन्डेसन मार्फत गरिरहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey