बेलझुण्डी रंगशालामा एथ्लेटिक्स २८ गते

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०८
  • |
  • 817 पटक हेरिएको

लक्ष्मण बस्नेत,चैत ८,तुलसीपुर दाङ । दाङको तुलसीपुरमा दाङ जिल्ला अन्तर विद्यालयस्तरीय एथलेटिक्स प्रतियोगिता २०७७ हुने भएको छ ।

दाङ जिल्ला एथलेटिक्स संघको आयोजनामा हुन लागेको प्रतियोगिता यहि चैत २८ गते बेल्झुण्डी रंगशालामा हुुनेछ ।

सबै खेलको मदर खेलको रुपमा लिने एथलेटिक्स खेलको बिकास र बिस्तार गर्दै प्रतिभावान खेलाडी को पहिचानका साथै बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष गीता बस्नेत राईले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा जिल्लामा स्थापित निजि तथा सामुदायिक विद्यालयमा अध्ययनरत २० वर्ष मुनि उमेर समुहका छात्र–छात्राको सहभागिता रहनेछ ।

एक दिने प्रतियोगितामा ट्रयाक तर्फ १००,२००, ८०० मिटर दौड र फिल्ड तर्फ सटपट र लङजम्प गरि ५ वटा ईभेन्ट्समा कडा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी तथा खेलाडीलाई नगद पुरस्कार,मेडल, प्रमाणपत्र प्रदान गरिने संघका सचिव लक्ष्मण बस्नेतले जानकारी दिनुभएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey