मेयर्स कपकाे उपाधि पुलिसले उचाल्याे, फाइनलमा एपीएफ ८ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२९
  • |
  • 624 पटक हेरिएको

काठमाडौं मेयर्स कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । फाइनलमा पुलिसले एपीएफ क्लवलाई आठ विकेटले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर चार बलमा मात्र एक सय पाँच रनमा सबै विकेट गुमायो । उसका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

निकै खराव ब्याटिङ गरेको एपीएफले मात्र पाँच रनमा पहिलो विकेट गुमायो । केहि मुख्य खेलाडी चोटग्रस्त हुँदा त्यसका असर एपीएफको ब्याटिङमा देखियो ।

उसले स्कोरबोर्डमा १० रन बनाउँदा मुख्य तीन विकेट गुमाएको थियो । शंकर राना मात्र चार रनमा आउट भए भने आसिफ शेख र शरद भेषवाकरले खाता खोल्न नै सकेनन् ।

त्यसपछि भुवन कार्कीपनि ब्यक्तिगत १४ रनमा आउट हुँदा एपीएफले ४२ रनमा चौथो विकेट गुमायो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसको स्कोर ४७ रन हुँदा पाँचौं विकेट गयो ।

एकपछि अर्को विकेट गुमाएको एपीएफका कुनैपनि खेलाडीविच दरिलो साझेदारी हुने सकेन । टिमको उच्च साझेदारी नै ३० रनको थियो । जु सातौं विकेटका लागि बसन्त रेग्मी र अमर रौटेलाले गरेका थिए ।

९२ रन बनाउँदा नौ विकेट गुमाएको एपीएफ अन्तिममा रनमा अलआउट भयो । एपीएफका सन्दिप जोराले १८ रन बनाए भने बसन्तले २२ तथा अमरले १८ रनको योगदान गरे ।

बाँकी सुमित महर्जनले चार, कमल ऐरीले मात्र एक रन बनाए भने अभिनाश बोहोराले १२ रनको योगदान गरे ।

बलिङमा नयाँ खेलाडी गुल्सन झा तथा सागर ढकालले चार चार विकेट लिए ।

जवाफमा पुलिसले २४ ओभर एक बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । मध्यम सुरुवात गरेको पुलिसले ३३ रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर कुशल भुर्तेल १५ रनमा आउट भए । त्यसपछि अनिल शाहपनि ब्यक्तिगत १५ रनमा नै पेभेलियन फर्किएपछि पुलिसले ६८ रनमा दोस्रो विकेट खेर फाल्यो ।

तर सुनील धमला र दिपेन्द्रसिंह ऐरीले पुलिसका लागि अन्तिमसम्म ब्याटिङ गर्दै जित दिलाए । धमलाले ५९ अर्धशतकीय पारी खेले । उनले अविजित रन बनाए भने दिपेन्द्रले ११ रनको योगदान गरे । यो जितसँगै पुलिसले लिग चरणमा ब्यहोरेको हारको बदलापनि लिएको छ ।
बलिङमा अभिनाश बोहोरा र भुवन कार्कीले एक एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey