गाेकर्णेश्वर नगर तेक्वान्दाे छनाैट प्रतियाेगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२८
  • |
  • 490 पटक हेरिएको

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा शनिबार गोकर्णेश्वर नगर तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता हुने भएको छ ।

गोकर्णेश्वर नगर तेक्वान्दो विकाश समितीको संयोजन तथा इष्टपोल उच्च मा. वि. को सहआयोजनामा हुने प्रतियोगितामा पुम्से र गेरोगी विधा गरेर जम्मा १९ वटा तौल समुहमा प्रतिस्पर्धा हुने आयोजकले बताएका छन ।

यस प्रतियोगिताको मुल उद्देश्व गोकर्णेश्वर नगरपालिकामा छरिएर रहेका तेक्वान्दो खेलाडीको समायोजन गरेर मनोबल उच्च बढाउने रहेकोछ ।

यो प्रतियोगिताबाट छनौट भएका गोकर्णेश्वर बासी तेक्वान्दो खेलाडीलाई नगरपालिकाले भविष्यमा बन्द प्रशिक्षणमा राख्ने बताएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार दिइने भएकोछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey