केही समय क्रिकेटबाट टाढा हुन्छु : सन्दीप लामिछाने

0

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले एक महिना जति क्रिकेटबाट रेष्ट लिने बताएका छन् ।

काठमाडौंमा जारी मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मेयर एघारको कप्तानी गरेका सन्दीपले केही समय विश्राम लिने बताएका हुन् ।

समूह चरणको अन्तिम खेलमा एपीएफसँग पराजित भएसँगै काठमाडौं एघार पनि प्रतियोगिताबाट बाहिरिएको छ । खेल पछि सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले समग्रमा प्रतियोगिता राम्रो भएको पनि बताए ।

पीएम कपको सेमिफाइनल पुगेका चार र प्रदेशका उत्कृष्ट खेलाडी छनोट गरि मेयर एघार टिम तयार पारिएको थियो । युवा खेलाडीहरुको समिश्रणले टिम बनाइए पनि आफूले राम्रोसँग नेतृत्व गरेको पनि बताए ।

सबै खेलाडीहरुमा क्षमता भए पनि अनुभवको केही कमी भएको स्वीकार गरे । उनले भने ‘हाम्रो लक्ष्य भनेको एक दिवसीय नै, हो त्यसका लागि लगातार घरेलु प्रतियोगिता हुनु राम्रो भएको पनि बताए ।’ साथै उनले घरेलु प्रतियोगिता आवश्यक भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि आवश्यक रहेको प्रतिक्रिया दिए ।

यसैगरी अन्तर्राष्ट्रिय क्यालेन्डर अनुसार अहिले नेपालले खेल्ने कुनै प्रतियोगिता नभएको तर्फ संकेत गर्दै चार साताजति क्रिकेटबाट बाहिर रहने पनि बताए । ‘हातमा केही चोट छ त्यसको उपचारमा केन्द्रीत हुन्छु ।’ सन्दीपले भने ।

 

Post Add 1025X115
Loading...