सुदूरपश्चिम स्पोर्टस अवार्डः सात विधाको मनोनयन सार्वजनिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२७
  • |
  • 420 पटक हेरिएको

धनगढी, २७ फागुन । धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका सात विधाको मनोनयन सार्वजनिक गरिएको छ । वर्ष २०७६ मा वर्षभरिको प्रदर्शनका आधारमा अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले अवार्ड दिईने ९ विधामध्ये सात विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

यसअघि दुई पटक पत्रकार सम्मेलन गर्दै चार विधाको मनोनयन सार्वजनिक गरिएकोमा विहीबार थप तीन विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

विहीवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी नवजीवन हस्पिटल बर्ष पुरुष खेलाडी, नोभा हस्पिटल बर्ष महिला खेलाडी र दिनेश सोप बर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो । कैलाली हस्पिटल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष पुरुष विधा प्रायोजक नवजीवन हस्पिटलका सञ्चालक योगेन्द्र ओझा, नोभा हस्पिटलकी प्रशासकीय अधिकृत सुमन भट्ट र दिनेश सोपका ब्रान्ड निर्देशक आदित्य हमालले मनोनयन सार्वजनिक गरे ।

नवजीवन हस्पिटल बर्ष पुरुष खेलाडीको मनोनयनमा एथलेटिक्सका गोपीचन्द्र पार्की, दुवाथोलनका हिमाल टमट्टा र तेक्वान्दोका वीरवहादुर महरा परेका छन् । तीनै जनाले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका छन् । नोभा हस्पिटल बर्ष महिला खेलाडीको मनोनयनमा पौडीकी गौरिका सिंह, तेक्वान्दोकी आयशा शाक्य र कुस्तीकी संगिता धामी परेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुदमा गौरिकाले चार स्वर्ण सहित ९ पदक जितेकी थिईन् भने आयशाले तेक्वान्दोमा दोहोरो स्वर्ण जितेकी थिईन् । संगिताले सागको ईतिहासमा पहिलो पटक कुस्तीमा स्वर्ण जिताएकी थिईन् ।

दिनेश सोप बर्ष प्रशिक्षकको मनोनयनमा भलिबलका जगदीश भट्ट, कुस्तीका राजेन्द्र चन्द र कबड्डीका तारासिंह भाट परेका छन् । जगदिशले १३ औं दक्षिण एसियाली खेलकुदमा महिला भलिबलमा रजत पदक जिताएका थिए भने सेन्ट्रल जोन भलिबलमा स्वर्ण जिताएका थिए । राजेन्द्रले १३ औं दक्षिण एसियाली खेलकुदको ईतिहासमा पहिलो पटक कुस्तीमा स्वर्ण पदक सहित ७ पदक जिताएका थिए । तारासिंह भाटले पनि सागमा महिला कबड्डीमा नेपाललाई ऐतिहासिक रजत पदक जिताएका थिए । ईन्डो नेपाल आमन्त्रण कबड्डी प्रतियोगितामा पुरुष टीमलाई रजत जिताएका थिए ।

यसअघि माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष र तिवारी मेडिसिन डिष्टिव्युर्टस सुदूरपश्चिम आईकन महिला तथा निसर्ग हस्पिटल बर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको थियो । निसर्ग हस्पिटल बर्षको युवा खेलाडीको मनोनयनमा कुस्तीकी संगीता धामी, फुटबलका अर्पण कार्की र भलिबलकी पुनम चन्द परेकी छिन् । संगिताले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिईन् । अर्पण कार्की सागमा नेपालले स्वर्ण जित्ने टोलीका सदस्य हुन् । पुनम सागमा रजत तथा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टोलीकी सदस्य हुन् ।

माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष विधामा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका शेर मल्ल र क्रिकेटकै सुवाश ऐर मनोनयनमा परेका छन् । तिवारी मेडिसिन डिष्टिव्युर्टस सुदूरपश्चिम आईकन महिला विधामा कबड्डीकी जयन्ती बडु, खो खो की पुजा ओड र कुस्तीकी सिंवाङगी दुवे मनोनयनमा परेका छन् । बिवाईसी पिपुल च्वाईस अवार्डमा पौडीकी गौरिका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिबलकी सरस्वती चौधरी मनोनयनमा परेकी छिन् । सात विधाको मनोनयन सार्वजनिक भएपनि दुई विधाको घोषणा भने अवार्ड कार्यक्रममा नै हुने अवार्डका संयोजक प्रदीप पाठकले जानकारी दिए ।

उनका अनुसार न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड र सारथी अस्पताल लाईफटाईम एचिभमेन्ट अवाडको घोषणा चैत ६ गते कार्यक्रममै गरिनेछ ।
धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । सुदूर फुड ईन्डष्ट्रिज, ब्राईटवे पब्लिक स्कुल, मेरो रेडिमेड उद्योग र घोडाघोडी हस्पिटल सह–प्रायोजक रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लब र बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ ।

त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ । नवजीवन सहकारी संस्था लिमिटेड को–अपरेटिभ्स पार्टनर र ओसन पब्लिकेसन एजुकेसन पार्टनरको रुपमा रहेको छ । धनगढी बसपार्कमा रहेको मिश्रा जनरल स्टोर र एलएनचोकमा रहेको शम्भु पुस्तक भण्डारले पनि अवार्डलाई सहयोग गरेको छ ।

अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पुर्‍याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाईस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाईम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey