अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२६
  • |
  • 221 पटक हेरिएको

काठमाडौं । नवौं अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार आयोजना हुने भएको छ ।

सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सीतापाइलामा हुने च्याम्पियनसिपमा काठमाडौं जिल्लाका १० डोजाङका दुई सय खेलाडीको सहभागिता रहने सीतापाइला तेक्वान्दो डोजाङ प्रमुख एवं प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जानकारी दिए ।

एक दिने प्रतियोगितामा हरेक बेल्ट तथा तौल समूहमा ग्योरोगी र पुम्से दुवै विधामा प्रतिस्पर्धा हुने संयोजक सिवाकोटीले जानकारी दिए ।

‘हामीले प्रतियोगिताभन्दा पनि तेक्वान्दोको महोत्सव गर्न लागेका हौं । सबै खेलाडीले खेल्न सकुन् भनेर हरेक बेल्टका साथै तौल समूहमा प्रतिस्पर्धा गर्न लागिएको हो’, सिवाकोटीले भने ।

च्याम्पियनसिपमा ग्योरोगी तथा पुम्सेतर्फका महिला तथा पुरुष खेलाडीले उत्कृष्ट खेलाडीको पुरस्कार पाउने छन् ।

उत्कृष्ट हुनेलाई आकर्षक ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने संयोजक सिवाकोटीले जानकारी दिए । उनले हरेक वर्ष आयोजना गर्दै आएको च्याम्पियनसिप कोरोना महामारीका कारण गत वर्ष आयोजना गर्न नसकिएको बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal