टग अफ वारमा नेपाल आर्मी च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 313 पटक हेरिएको

सर्लाही, २४ फागुन । नेपाल आर्मीले प्रदेश २ स्तरीय पुरुष टग अफ वार प्रतियोगिताको उपाधि जितेको । नेपाल टग अफ वार संघ, प्रदेश २ समितिद्वारा आयोजित प्रतियोगिता एपीएफ दोश्रो भयो ।

हरिवन नगरपालिकाको मुख्य सहयोगमा भएको प्रतियोगितामा आर्मीले ३० हजार र एपीएफले २० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, बरहठवा नगरपालिका, पर्वतीय खेलकुद महासंघलगायतको पनि सहयोग रहेको थियो ।

हरिवन नगरपालिकामा भएको प्रतियोगितामा ९ पुरुष टिम सहभागी थिए । विजेतालाई हरिवन नगरपालिकाकी उप मेयर रेणुका पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

त्यसअघि दुईदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य गोविन्द भट्टराईले उद्घाटन गरेका थिए ।

प्रदेश २ स्तरीय पुरुष टग अफ वारलाई सम्बोधन गर्दै राखेप सदस्य गोविन्द भट्टराई ।

सो अवसरमा नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश सिवाकोटी, बरहठवा नगरपालिकाका मेयर देवानन्द महतो, नेपाल टग अफ वारका उपाध्यक्ष सूर्य भट्टराईलगायतको उपस्थिति रहेको थियो । उद्घाटन अवसरमा महिलाको प्रदर्शनी खेल पनि भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey