आर्मीकाे मेयर कपमा पहिलाे जित, ५ विकेटले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 539 पटक हेरिएको

काठमाडौं मेयर कप एकदिवसिय क्रिकेटमा विभागिए टिभ त्रिभुवन आर्मीले पहिलो जित निकालेको छ । आज भएको खेलमा मेयर ११ टिमलाई आर्मीले ५ विकेटले हरायो ।

टियू क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं मेयर ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाएर १५५ रनको योगफल खडा गरेको हो ।

काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाउँदा सन्दीप रजाली ३७ र खडक बोहोर १९ तथा हरिशंकर साहले १८ रनको योगदान गरे । कप्तान सन्दीप लामिछानेले १३ रनको योगदान गरे ।

आजको खेलमा खडक र हरिशंकरले ओपनिङ गरेका थिए । पहिलो विकेटका लागि यि दुई ब्याट्सम्यानले ४८ रनको साझेदारी गर्दै बलियो शुरुवात गर्ने संकेत गरेका थिए ।

पहिलो विकेटको रुपमा हरि शंकर व्यक्तिगत १८ रन बनाएर आउट भए । उनले २९ बल फेस गर्दा चार चौका प्रहार गरेका थिए । यसैगरी काठमाडौंले दोस्रो विकेटको रुपमा विपिन रावललाई गुमायो । विपिन मात्र ६ रनमा पभेलियन फर्किए ।

टिमको स्कोर ६५ रन भएका बेला काठमाडौंले तेस्रो विकेट गुमाउनु पुग्यो । खडक बोहोरा व्यक्तिगत १९ रनमा आउट हुन पुगे । खडकले ४६ बल खेल्दा तीन चौका प्रहार गरेका थिए । सिद्धान्त लोहनी खाता नै नखोली आउट हुँदा काठमाडौं ४–६५ रनको अवस्थामा पुगेको थियो ।

त्यसपछि सौरभ खनाल र सन्दीप रजालीले काठमाडौंको स्कोर अघि बढाएका थिए । १३१ रन भएका बेला सौरभ आउट हुन पुगे । सौरभले ४२ रनको पारि खेल्दा ७४ बल फेस गरेका थिए भने दुई चौका र दुई छक्का प्रहार गरे ।

छैटौं र सातौं विकेट काठमाडौंले १३६ स्कोर भएका बेला गुमाएको थियो । जसमा कृष्ण कार्की र नारायण जोशी खाता नै नखोली आउट हुन पुगे । त्यसपछि क्रिजमा आएका कप्तान सन्दीपले १८ बल खेल्दा १३ रन बनाए । उनले दुई चौका प्रहार गरे ।

आठौं विकेटको रुपमा सन्दीप रजाली आउट हुँदा उनले व्यक्तिगत ३७ रनको योगदान गरे ।

रजालीले ६३ बल खेल्दा तीन चौका प्रहार गरे । विपिन खत्रीले खाता नै नखोली आउट हुँदा अन्तिम विकेटको रुपमा कप्तान सन्दीप १३ रन बनाएर आउट भएपछि काठमाडौं १५५ रनमा अलआउट हुन पुग्यो ।

आर्मीका लागि सहाब आलमले चार विकेट लिँदा जितेन्द्र मुखियाले तीन विकेट हात पारे । यसैगरी सोमपाल कामी, विक्रम सोव र कुशल मल्लले एक एक विकेट लिए ।

जवाफमा आर्मीले सोमपाल कामीको विस्फोटक पारीका कारण २३ ओभर पाँच बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सुरुवात राम्रो गर्न नसकेको आर्मीले आठ रनमा पहिलो विकेट गुमाएको थियो भने ३५ रनमा दोस्रो र ३६ रनमा तेस्रो विकेट खेर फालेको थियो । उसका ओपनर लोकेश बम मात्र एक रनमा आउट भए भने अघिल्लो खेलमा अर्धशतक बनाएका रोहित पौडेलले खाता खोल्न सकेनन् । यस्तै भिम शार्की १६ रनमा आउट भए ।

एक सय २५ रनमा पाँच विकेट गुमाएको आर्मीको जितमा सोमपालले ८० रनको उत्कृष्ट पारी खेले । उनले ५१ बलमा नौ चौका र ६ छक्का प्रहार गरे । यस्तै कुशल मल्लले २३ रनको योगदान गरे । कप्तान विनोद भण्डारीले अविजीत २० रन बनाए ।

बलिङमा सन्दिप लामिछाने महंगो सावित भए । उनले नौ ओभरमा ७४ रन खर्चिएर दुई विकेट लिए । यस्तै विपिन कार्कीको नाममा पनि दुई विकेट रह्यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal