महिला सशक्तिकरणमा विश्व एथ्लेटिक्सकाे नयाँ अभियान ‘वि ग्राे’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 215 पटक हेरिएको

नेप्लेज । विश्व एथलेटिक्सले “वि ग्रो एथलेटिक्स” भन्ने अभियान अन्तर्गत खेलकुदमा “केटी र महिलाको भूमिकालाई अगाडि बढाउने” प्रतिज्ञासहित अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

विश्व एथलेटिक्स निकायले यो खेलका तीन मुख्य क्षेत्रहरुमा केन्द्रित रहेको बताएको छ । महिलाहरुलाई नेतृत्वको स्थितिमा सशक्त बनाउने, परम्परालाई तोड्ने र महिलाहरुको कथाहरु आधारित रहेर उनीहरुको स्थापनामा सहयोग गर्ने ।

२०१२ मा वर्ल्ड एथलेटिक्सले आफ्नो पहिलो महिला उपाध्यक्ष नियुक्त गर्‍यो र महिला काउन्सिलको प्रतिनिधित्व बढाइ ३० प्रतिशत बनायो र २०२३ सम्ममा ४० प्रतिशत र २०२७ सम्म समना सहभागिता बनाउन प्रतिबद्ध रहेको बताएको छ ।

२०२२ मा संयुक्त राज्य अमेरिकाको ओरेगनमा, विश्व च्याम्पियनशिपको अर्को संस्करण हुनेछ जसमा पहिलो पटक महिलाको प्रतियोगिताहरु सर्वप्रथम हुनेछ ।

‘लैंगिक समानतामो बारेमा अब कुनै पनि संगठनमा सैद्धान्तिक छलफल हुनु हुँदैन’ विश्व एथलेटिक्सका अध्यक्ष सेबस्टियन कोएले एक विज्ञप्तिमा भनेका छन्।

‘हामी सबैले अवरोधहरू पहिचान गरेर, हाम्रा नीतिहरू र अभ्यासहरू समीक्षा गरेर र स्पष्ट मार्गहरू सिर्जना गरेर कार्य गर्नुपर्दछ, एथलेटिक्सले १९९० को दशकमा व्यवसायिक खेल युगको शुरूदेखि नै महिला र पुरुष दुबैका लागि समान कार्यक्रम र पुरस्कारको साथ लैंगिक समानतामा ऐतिहासिक रूपमा नेतृत्व गरेको छ’

‘हामी हाम्रो खेलमा हासिल गरेका प्रगतिहरू चाहान्छौं, धेरै जसो महिलाहरुलाई खेल मैदानमा र बाहिर पछाडि पारेर अरूलाई प्रेरणा दिन सक्ने बताए । साथै हामीले गर्नुपर्ने अझ धेरै कुरा छ तर म विश्वस्त छु कि यी प्रतिबद्धताहरुका साथै हाम्रा साझेदारहरु र सरोकारवालाहरु संग बढी महिलाहरुलाई ऐतिहासिक रुपमा स्थापित गर्नु आवश्यक छ’ एथलेटिक्सका अध्यक्ष सेबस्टियन कोएले भनेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal