सन्दिपकाे टिम लाहाेरकाे राेमाञ्चक जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१७
  • |
  • 276 पटक हेरिएको

पाकिस्तान सुपर लिगमा नेपाली क्रिकेटर आबद्ध लाहोर कलन्डर्सले कराँची किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

कराँचीको नेशनल स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कराँचीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८६ रन बनाएको थियाे।

३७ रनमा तीन विकेट गुमाएकाे कराँचीका लागि बाबर आजम ५ , जोए क्लार्क ४ रन तथा कोलिन इन्ग्राम खाता नखोली आउट भएका थिए।

चौथो विकेटको लागि ओपनर शर्जिल खानले मोहम्मद नाबीसंग ७६ रनको साझेदारी गर्दै टिमलाई सम्हाले । शर्जिलले ३९ बलमा  ६४ रन तथा नाबीले ३५ बलमा ५७ रनकाे याेगदान गरे ।  यस्तै क्रिस्टीएनले २७ रन बनाए।

बलिङमा शाहिन अफ्रिदीले ३ तथा हरिश रौफ, एहमद ड्यानियल, डेभिड वेस र समित पटेलले समान एक एक विकेट लिए।

एक सय ८७ रनको लक्ष्य लाहोरले ४ बल बाँकी हुँदा पुरा गर्यो। लाहोरले पनि सुरुवात राम्राे गर्न सकेन । ३३ रनमा तीन विकेट गुमाएकाे लाहाेरका लागि चौथो विकेटका रुपमा फखर जमान र बेन डंकले शतकीय साझेदारी गरे ।

उसका ओपनर सोहेल अख्तर र जो डेनील पहिलो ओभरमा खता नखोली आउट भए भने मोहम्मद हफिज १५ रन बनाए। तर जमानले ५४ बलमा ८३ रन बनाए भने बेन डंकले अविजित ५७ रनकाे याेगदान गरे ।

लाहाेसका लागि डेभिड वेसले ९ बलमा ३१ रन बनाए । कराचीको बलिङमा मोहम्मद आमिर, वाकस मक्सुद र ड्यानियल क्रिस्टिएनले समान १ विकेट लिए।

जितपछि ४ खेलमा ३ जित र १ हार ब्यहोरेको लाहोर ६ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा छ। समान अंक रहेता पनि पेशावर नेट रन रेटमा अघि रहँदै शिर्ष स्थानमा छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey