चेल्सी र युनाइटेडले अंक बाढे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१७
  • |
  • 262 पटक हेरिएको

इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन । यो बराबरीले चेल्सीलाईलिगको चौथो स्थानमा उक्लिने मौका गुमेको छ भने युनाइटेडलाई शिर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दुरी १० अंकमा झार्ने मौका खेर गएको छ ।

स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा दुबै टिमले पुरै अवधिको निकै डरलाग्दो आक्रमण भने गर्न सकेनन् । युनाइटेडको तुलनामा थोमस टुचेलको टिम चेल्सीले केहि मौका सिर्जना गरेको थियो । तर त्यसलाई आत्मसाथ गर्न सकेन ।

खेलको २५ औं मिनेटमा चेल्सीका हुडसोन ओडेईले पाएको मौका खेर फाले । लगत्तै ओलिभर जिरुडले पनि हेडरको प्रयासलाई सहि दिशा दिन सकेनन् ।

त्यसपछि दुबै टिमबाट खासै राम्रो मौका सिर्जना हुन सकेन र पहिलो हाफ गोलरहित बराबरी भयो ।

दोस्रो हाफको सुरुवातमा नै चेल्सीले उत्कृष्ट मौका पाएको थियो । तर हाकिम जियाचले वन भर्सेस वनको अवस्थामा उत्कृष्ट मौका गुमाए ।

६० औं मिनेटमा युनाइटेडले सुन्दर मौका खेर फाल्यो । उसका लागि लुक शको को पासमा म्याक्टोनीको प्रहारले सहि दिशा लिन सकेन ।

६७ औं मिनेटमा युनाइटेडका फ्रेडको प्रहारपनि पोष्टनजिकैबाट बाहिरीयो । त्यसपछि दुबै टिमले खासै राम्रो आक्रमण बुन्न सकेनन् । जसका कारण दुबैले एक एक अंक बाँढे ।

यो बराबरीपछि दोस्रो स्थानको युनाइटेडको २६ खेलमा ५० अंक भएको छ भने पाँचौं स्थानको चेल्सीको ४४ अंक पुगेको छ । शिर्ष स्थानको सिटीको ५२ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey