आरभ र अकीको सफल सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-२७
  • |
  • 438 पटक हेरिएको

नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको पुरुष डबल्समा मंगलबार जित हात पारेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले भारतका सार्थक शर्मा र जैश्नभ सिन्धेको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । जारी प्रतियोगिताको सर्किट १ मा आरभ र अकीको जोडी उपविजेता बनेको थियो । सोही स्पर्धामा नेपालका प्रणव मानन्धर र चिराग तिमिल्सिना, निसान श्रेष्ठ र निहालजंगबहादुर थापा तथा सम्यकभूषण वज्राचार्य र आर्यन गिरीको जोडी पराजित भए ।

महिला डबल्समा नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले सफलता पाए । उक्त जोडीले भारतका कृष्टि बोरो र लक्ष्मी गौदको जोडीलाई ३–६, ६–३ (१०–६) को सेटमा हराए ।

त्यसै स्पर्धामा सर्किट १ विजेता नेपालकी अभिलाषा विष्ट जर्मनीकी सोन्जा भारतका हिट्भी चौधरी र पवित्रा पारिखको जोडीसंग ६–४ र ६–३ ले चुके । त्यस्तै नेपालका इशाश्री शाह र सर्वानी श्रेष्ठ, अजा रेग्मी र शुभाङ्गीलक्ष्मी शाह तथा इभा अधिकारी र श्रेया भट्टराईको जोडीले आ–आफ्नो खेल  गुमाए ।
सिंगल्सको पुरुषमा नेपालका सम्यकभूषण वज्राचार्य तथा महिलामा नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal