युएईका नेपालीहरुबीच भलिबल प्रतियोगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 394 पटक हेरिएको

माघ १७, काठमाडौं । रोजगारीको शिलशिलामा युएईमा रहेका नेपालीहरुबीच हुने भलिबल प्रतियोगिताको चौथो संस्करण आगामी फागुन १८ गते –मार्च ३)मा हुने भएको ।

प्रतियोगिता नेपाली समुदाय युएईले जबेल अली नुजुल क्याम्पमा आयोजना गर्नेछ । यसअघि तीन वर्षसम्म आयोजना हुँदै आएका प्रतियोगितालाई नेपाली सामुदायिक भलिबल प्रतियोगिता भनिन्छ ।

प्रतियोगिताको विजेताले ३ हजार दिराम (झण्डै ८५ हजार रुपैयाँ) पाउनेछ । त्यस्तै उपविजेताले २ हजार दिराम (५५ हजार रुपैयाँ ) र तेस्रो हुने टिमले १ हजार दिराम (२७ हजार रुपैयाँ) पुरस्कार पाउनेछ ।

सन् २०१५ देखि सक्रिय नेपाली समुदायले खेलकुद प्रतियोगिताबाट आउने नाफा सामाजिक सेवामा खर्च गर्ने अध्यक्ष मुनप्रसाद गुरुङले बताए ।

प्रतियोगिता नमस्ते ट्राभल, सिटीलाइफ ट्राभल, स्लेंडर लेडिज सलुन, प्रान फूड, अल बराह मिनीमार्ट, नेपाल एयरलाइन्स र अल काजीमा ट्राभलले प्रायोजन गरेका छन् ।

युएईका सबै इमिरेट्सबाट प्रतियोगिताका लागि निमन्त्रणा गरिएको र दुई दर्जन टिमको सहभागिता रहने खेलकुद संयोजक समितिका सदस्य बिक्रम लिम्बुले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey