युएई ए बिरुद्ध बिशाल लक्ष्य, ज्ञानेन्द्रकाे १५४ रन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 306 पटक हेरिएको

माघ १७, युएई । नामिवियामा माघ २५ देखि सुरु हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा युएई ए टिमबिरुद्ध ३३४ रनको विशाल लक्ष्य पेश गरेको छ ।

उपकप्तान ज्ञानेन्द्र मल्लले १५४ रनको शानदार इनिङ खेलेपछि नेपालले ठूलो लक्ष्य पेश गरेको हो ।

युएइको ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३३३ रन बनायो ।

युएई ए ले केहिबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।

नेपालले यही टोलीलाई मंगलबार भएको पहिलो अभ्यास खेलमा २५ रनले हराएको थियो ।

नेपाली उपकप्तान ज्ञानेन्द्र मल्ले १५४ रनको शानदार पारी खेलेपछि नेपालले बिशाल लक्ष्य दिएको हो । मल्लले १३१ बल खेलेर १७ चौका प्रहार गरे ।

पहिलो विकेटका लागि मल्लले अर्का ओपनर दिलिप नाथसँग मिलेर १४२ रनको शतकीय साझेदारी गरेका थिए । दिलिप ६४ रनमा आउट भएपछि आएका अनिलकुमार साहले १४ रनमात्र बनाउन सके । दोस्रो विकेट झर्दा नेपालको स्कोर १७६ थियो ।

नेपालको स्कोर दुई सय ४० रन हुदा तेस्रो विकेट झ¥यो । दिपेन्द्रसिंह ऐरी ३४ रनमा आउट भए । यस्तै नेपालका लागि आरिफ शेखले ४१ रनको योगदान गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey