दाेस्राे अभ्यास खेलमा ज्ञानेन्द्रको शतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 209 पटक हेरिएको

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिमले अहिले युएई ए टिम विरुद्धको दोस्रो अभ्यास खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन ।

युएइको ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा २५ रनको जित निकालेको नेपालले आज पनि उत्कृष्ट सुरुअात गरेको छ ।

पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले १४२ रनको साझेदारी गरे । दिपिल ६४ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका अनिलकुमार शाह १४ रनमा पेभेलियन फर्किदा नेपालले १७६ रनमा दोस्रो विकेट गुमायो । तर ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै सतक प्रहार गरे । उनले ९७ बलमा शतक प्रहार गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal