महरेजका लागि लेस्टरले सिटीसँग माग्यो १०० मिलियन पाउण्ड

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 169 पटक हेरिएको

माघ १७ । यो सिजन क्लवमा खेलाडी अनबन्ध गरेर मोटो रकम खर्च गरिसकेको म्यानचेस्टर सिटी लेस्टर सिटीबाट रियाद महरेजलाई भित्र्याउन आतुर देखिएको छ ।

तर त्यसको विपरित लेस्टरले रियादलाई म्यानचेस्टर सिटी पठाउन एक सय मिलियन पाउण्ड मागेको छ ।

यसअघि सिटीले ५० मिलियन पाउण्ड दिने सहमतीमा आएपनि लेस्टरले ट्रान्सफर विन्डोको अन्तिम दिन रियादलाई एक सय मिलियन दिएमात्र रिलिज गर्ने बताएको छ ।

अब सिटीले रियादलाई क्लवमा भित्रयाउन फेरी एकपटक ट्रान्सफर रेकर्डलाई ब्रेक गर्नुपर्नेछ ।

अल्जेरीयन विङगरलाई क्लवमा ल्याउन सिटीले कुरा अगाडी बढाएपनि लेस्टरले भने मानेको छैन ।

लेस्टरमा अझैपनि साढे दुई बर्ष सम्झौता बाकि भएपनि उनि आफै क्लव छोड्ने मनसायमा पुगेका छन ।

अहिले लेस्टरमा रियादले साताको एक लाख पाउण्ड खादै आएका छन । २६ बर्षे रियादले पछिल्लो पटक क्लवमा प्रशिक्षण पनि गरेका छैन ।

यता सिटीले मंगलबार मात्र ५७ मिलियन पाउण्डमा लार्पोटीलाई अनुबन्ध गरेको थियो । अब रियादलाई एक सय मिलियन पाउण्ड खर्च गर्छ की गर्दैन त्यो भने हेर्न बाकि छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal