पिएसजी फ्रेन्च लिग कपको फाइनलमा, रीन ३-२ ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 140 पटक हेरिएको

साविक विजेता पेरिस सेन्ट जर्मेन फ्रेन्च लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

किलियन बाप्पेले रातो कार्ड पाएको खेलमा पिएसजीले रिनलाइ तीन दुइ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पिएसजीले, बाप्पेले रातो कार्ड पाउनु अघि तीन शुन्यको अग्रता लिएको थियो । उसका लागि २४ औं मिनेटमा थोमस मुनिएरले गोल गरेका थिए।

४३ औं मिनेटमा रिनका वाह्बी आज्रीले बराबरी गोल फर्काए थिए । तर भिएर रिभ्युमा हातले वल छोएको देखिएपछि रेफ्रिले गोलको मान्यता दिएनन् ।

५३ औं मिनेटमा र्माक्विन्होजले पिएसजीको अग्रता दोब्बर पारे । ६३ औं मिनेटमा बाप्पे विपक्षी खेलाडीलाइ खराब ट्याकल गरेको भिएरमा देखिएपछि रातो कार्ड खादै मद्यौन बाहिरिएका थिए ।

त्यसपछि पिएसजीले दुइ गोल खायो । रिनका लागि ८५ औं मिनेटमा डिएफा साखो र इन्जुरी समयमा सान्जिक पर्सिकले गोल फर्काएका थिए ।

पिएसजीले अब फाइनलमा मोनाको र मोपेलिए बीचको विजेता संग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey