राखेप र कृषि बिकास बैंकबीच १० वर्षकाे सम्झौता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१४
  • |
  • 281 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्(राखेप) र कृषि बिकास बैंकबीच कर्मचारीको सुविधाका लागि सम्झौता भएको छ ।

दश बर्षको लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापट सम्वन्धि ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्मको तलबी खाता कर्जा उपलब्ध गराउने छ । जसमध्ये चभखयखिष्लन प्रकृतिको कर्जा सिमा अधिकतम ५ लाख हुनेछ ।

परिषद्ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायबीच मंगलवार सम्झौता भएको हो ।

सम्झौतामा परिषद्को तर्फबाट बिभागिय प्रमुख कुलवहादुर थापा सहित राखेपका सदस्यद्धय सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, परिषद्का बिभागिय प्रमुख, शाखा प्रमुख, राखेप कर्मचारी संघ,बैंकका बरिष्ट अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

सम्झौता आजकै मिति देखि १० बर्षका लागि लागू हुने छ । बैंक र परिषद्बीच व्यावसायिक सहकार्य गर्नु सम्झौताको मुल उद्देश्य रहेको छ । यो सम्झौताका बिषय बस्तु नेपाल सरकारले जारी गरेको कानुन र भविष्यमा जारी हुने कानुन बमोजिम हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal